जनताले महसुस गर्ने गरी विकासको काम अघि बढाएको छु : अध्यक्ष शाक्य

नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यसँग पत्रकार राम कुमार थापाले गर्नुभएको अन्तरवार्ताको सम्पादित अंशः

१, लकडाउन सुरु भएदेखि रात दिन नभनि काम गरिरहनु भएको छ के कस्तो भईरहेको छ अहिले ?

अहिले पछि आएर सिमाना सम्म पुग्ने काम गरिरहेको छैन । सिमानामा रहेको प्रहरी सँग सम्पर्क गरेर धादिङ सम्म ल्याउने काम गरिरहेको छु । धादिङबाट गाउँपालिकाले गाडी पठाएर सिधैं गाउँपालिकाको क्वारेन्टाईन सम्म ल्याउने काम गरिरहेका छौं । अहिले हामीलाई के समस्या भयो भने दिन कै गाडीको पास बनाएर जाने समस्या एकातिर अर्को तिर भने विभिन्न नाका बाट आउनेहरुलाई बोर्डरमा नै प्रहरीलाई भनेर उत्तै बाट गाडीमा पठाईरहनु भएको छ ।

२, तपाई त्यहाँ आफ्नो जिवन जोखिमा राखेर किन जानुभयो र त्यहाँ जाँदाको स्थिती कस्तो भयो ?

म त्यहाँ जानुको तात्पर्य विभिन्न ठाउँको क्वारेन्टाईनहरुमा हाम्रो गाउँपालिकाका साथीहरु छरिएर रहेको अवस्था थियो । त्यहाँ गाडी मात्रै लैजाँदा छल्लिन सक्ने सम्भावना रहेको कारणले गर्दा पनि म आफैं गए । अर्को कुरा त्यहाँको अवस्था के कस्तो छ भनेर बुझ्नको लागि म आफैं बुझ्न गए । मेरो आफ्नो गाउँपालिकाको त १० जना भन्दा थिएनन् । मैले ५ र ७ ठाउँ बाट ल्याए । मैले उहाँहरु सबैलाई फोन गरेर खोज्दै ल्याए । त्यत्तिबेला अलि समस्या नै थियो ।किनकि मानिसमा एउटा त्रास थियो सँग सँगै खान वस्नको लागि पैसा नभएको गुनासाहरु आएका थियो । हामीलाई उता बाट आउदा भन्दा पनि त्यहाँ क्वारेन्टाईनमा बस्दा संक्रमित भईहालिन्छ कि भन्ने चिन्त्ता भएको थियो । अहिले नेत्रावती डबजोङ गाउँपालिकाको जति पनि व्यक्तिहरु ईन्डियाबाट आएका छन् त्यहाँ हामीले बोर्डरमा क्वारेन्टाईनमा बस्नुपर्ने अवस्था छैन हामीले त्यहाँ प्रहरी सँग सिधैं सम्पर्क गरेर उहाँहरुले गाडी खोजेर पठाईरहनु भएको छ ।

३, तपाई त्यहाँ जानु अघि केहि हुन्छ कि अथवा परिवारका सदस्यले नजान भन्ने कुरा आयो कि आएन ?

म एउटा जननिर्वाचित जनप्रतिनिधी जनताको लागि काम गर्न खटिएको हो । सजिलो समयमा जसले पनि सहयोग गर्छ । अप्ठ्यारोे बेलामा सहयोग गर्नुपर्छ भनेर लाग्यौं हामी । किनकि त्यहाँ म जाने बित्तिकै रोग लाग्छ भन्ने हाईन कि म आफैं पुग्न पाए भने उनीहरुलाई गर्वको महशुस हुन्छ भन्ने लागेको थियो ।

४, गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणको लागि के गरिरहेको छ ?

गाउँपालिकाले अस्ती आरडिटी ल्याएका थियौं तर त्यो त्यत्ति राम्रो विश्वास नदेखिएको कारणले गर्दा आरडिटी पोजेटिभ देखिएको तर आरडिटी पोजेटिभ देखिएकालाई नेगेभिट देखियो । ईन्डीया बाट आउनेहरुलाई हामीले भिटिएम किनेर स्वाव टेष्टको लागि स्वावको नमुना लिएर पीसिआर गरेउ । त्यसको पनि हामीले मिटिङ बसेर निर्णय पनि गरेका छौं । स्वाव टेष्टको ८० जनाको लागि भिटिएम किन्ने छौं । हामीले अनिवार्य २१ दिन राख्ने भनेका छौं ।

५, अहिले ईन्डीया बाट आएकाहरुलाई क्वारेन्टाईनमा राखिएको छ पछिल्लो पटक आउनेहरुलाई थप क्वारेन्टाईन के कस्तो छ ?

आईसोलेशन हाम्रो गाउँमा त्यो सम्भावना छैन । त्यसको लागि एमविविए्स डाक्टरहरु पनि चाहिन्छ । ल्याव टेक्निसियनहरु प्नि चाहिन्छ । डाक्टरहरुको टिमहरु पनि १५ दिन सम्म आफै क्वारेन्टाईनमा वस्नुपर्ने हुन्छ ।त्यसैले हामीले आईसोलेशनको व्यवस्था गर्दैनौं । क्वारेन्टाईनको व्यवस्था गर्छौं । जसको स्वाव टेष्ट गरेर पीसिआरको रिपोर्ट नआउन्जेल सम्म हामीले त्यही क्वारेन्टाईनमा राख्छौं । यदि पोजेटिभ आयो भने धादिङ काठमाण्डौं पठाउछौं । हामी सँग त्यो क्षमता पनि छैन । हामीले आरडीटी सँगै पिसिआर पनि गरिरहेका छौं ।

६, हामीले कति सम्म थेग्न सक्छौं विदेश बाट आउनेहरु र ?

एकैचोटी ठुलो संख्यामा त आउदैन हाम्रो गाउँपालिकामा । मलाई लाग्छ एउटै फ्लाईटमा दश पन्ध्र जना आउन सक्छन् । त्यसको लागि खासै समस्या पर्दैन । गाउँपालिका भित्रका विद्यालयहरुमा क्वारेन्टाईन बनाएका छौं । हामीले जति सक्दो धेरै राख्न सक्ने ठाउँमा क्वारेन्टाईन बनाएका छौं । महेन्द्र बाराही, नारायणी देवी र शान्ती कालिमा पनि राखि सकेका छौं । त्यसको अवधि सकिसकेपछि त्यहाँ बाट हटाएर महेन्द्र वाराही मा।वि र चौतारा मा।वि, कन्यादेवी आ।वि र निरन्जना आ।वि मा राख्ने सोच बनाएका छौं ।

७, त्यहाँ वस्दाको खाना खर्च सबै गाउँपालिकाले हेर्छ होईन ?

एक जना भए पनि हामीले गाडी लिएर गईरहेका छौं । खाने वस्ने सबै गाउँपालिकाले नै गरिरहेको छ । अहिले सम्म हेर्दा ४० लाखको हाराहारीमा खर्च भइसकेको रहेछ ।

८, यसले गर्दा पछि गएर बजेटको समस्या हुन सक्छ नि ?

अब बजेटको त समस्या हुन सक्छ । अहिले छोटो समयमा कोरोना भाईरसको सुरु भएपछि ३० र ४० लाख सकिसकेको अवस्था छ । कहिले सम्म कोरोना भाईरस फैलिरहन्छ थाहा छैन । त्यसैले आर्थिक वर्ष ०७७र०७८ को बजेटमा हामीले १ करोड रुपँैया पैसा कोरोना कोष भनेर छुट्याएका छौं ।हामीले वैदेशिक रोजगार बाट फर्किएकाहरुको लागि पनि श्रम बैंक तयार गरेका छौं । लैङगीक समानता भन्ने कार्यक्रममा पनि हामीले ४० लाख बराबरको बजेट छुट्याएका छौं । स्वरोजगार उन्मुख एउटा सहकारी संघ साझेदारी गरेर जाने भनेर ३५ लाख जति छुट्याएका छौं । संघिय सरकार बाट पनि त्यो श्रम बैंकमा राख्न मिल्ने पैसा ५३ लाख जति आएको छ ।

८, श्रम बैंकको अवधारणा कस्तो हो ?

दक्ष कामदारको लागि हामीले सहकारी सँग सोद्छौं । उहाँले एक लाख हाल्नु भयो भने हामीले एक लाख हालेर स्वरोजगार बनाउने उद्धेश्यले गरेका छौं । साँवा फिर्ता दिन पर्ने नपर्ने केहि निश्चित भएको छैन । दुई वर्षको अवधिमा गाउँपालिकालाई साँवा दिने र कोष खर्च नहुने बनाउने हो कि भन्ने सोच बनाएका छौं । हामी त्यसलाई एउटा कार्यविधी बनाएर जानेछौं ।

९, यस्तो बेलामा तपाईहरुले यस्तो नयाँ–नयाँ कामहरु गर्ने सोचहरु कसरी आँउछ ?

कतिपय कुराहरु साथीहरु सँग पनि बुझ्छु । कतिपय कुराहरु म आफैले सोचिरहेको हुन्छु । परिस्थिती अनुसार कसरी चल्ने भनेर । सोचिरहेको हुन्छु । मैले धेरै सोचे पछि कुन सहि छ भनेर बुझेर प्रस्ताव लिएर जाने गर्छु । त्यो ढङगले कार्यक्रम गरिरहेको हुन्छु । मैले के काम गर्दा समुदायमा राम्रो हुन्छ भनेर कार्यक्रम गरिरहेको हुन्छु । कतिपयले समुदायमा चामल ल्याएर बाँडेका थिए । तर हामीले उनीहरुलाई रोजगार दियौं ।त्यही कारणले गर्दा ठाउँ ठाउँमा सोलिङ गरेको छ जसको कारणले अहिले बाटो चलिरहेको छ । मैले जनतालाई काम गरेर खाने वातावरण बनाउनु पर्छ भन्ने कुरा गरे । अहिले मलाई लाग्छ केन्द्र सरकारले पनि श्रम बैंक हामीले राखेका थियौं त्यसको कपी गरेर उनीहरुले राखेका हुन् । हाम्रो गाउँपलिकाले स्वरोजगार मुल एउटा कार्यक्रम सहकारी सँग समन्वय गरेर जाने भनेका थियौं त्यही कार्यक्रम उता बाट पनि आयो हामीले उता बाट के आउछ भनेका थिएनौं । हामीलाई के लाग्यो भने केन्द्रले सोच्या जस्तो कार्यक्रम हामीले पनि गरिरहेका रहेछौं । आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रम कायम नै रहन्छ ।

१०, अबको आर्थिक वर्षमा गाउँपालिकाका केहि युवाहरु स्वरोजगार हुन्छन् ?

मैले मेरै समुदायका युवाहरुलाई बाँझो रहेको जमिनलाई जोत्न लागाएर टनेल खेती गर्न भनेर लगाईरहेको छु । त्यहाँ हामीले अर्गानिक कृषि उत्पादन गर्ने भनेर लागिरहेका छौं । युवा लक्षित कार्यक्रमहरु राखेको छु । एउटा वडामा ५ वटा कार्यक्रम राख्ने योजना बनाएका छौं ।

११, यो आर्थिक वर्षको समिक्षा गर्दा गाउँपालिकाले कत्तिको काम गर्न सक्यौं ?

विकासको काममा हामीलाई केहि केहि योजनाहरु हुन् । तर हामीले लकडाउन हुनुभन्दा पहिले हामीले ८० प्रतिशत काम सम्पन्न गरिसकेका छौं । त्यसैले एउटा दुई वटा योजनाहरु कार्यन्वयन नहुने अवस्थामा पुगेको छ । किनकि हामीले असारमा काम गर्दैनौं । त्यसलाई निरन्तरता दिन गाउँ सभा बाट अनुमोदन गरेर लैजान्छौं ।कोरोना कै कारणले गर्दा रोकियो नत्र भने हामीले चैत भित्रमा सम्पन्न गर्ने भनेर लागेका थियौं । तर हाम्रो धेरै कामहरु चालु अवस्थामा छ । धादिङ जिल्लामा बजेट कार्यन्वयनको कुरामा हेर्ने हो भने एक नम्बरमा आउछ । अरु अरु गाउँपालिकाले धेरै बजेटहरु कार्यन्वयन गर्न बाँकी रहेको छ ।हामी कहाँ त्यस्तो छैन । हामी सँग करोडको कुरा छैन लाखको कुरा मात्रै हो । विकासको कामहरु क्षमताका कामहरु नगरिएको काम अवस्था । तर विकास निर्माण पूर्वाधारको कुरा ९७ र ९८ प्रतिशत सकिन्थ्यो । कोरोनाले हामीले लक्ष्य राखे अनुरुपको काम गर्न सकिरहेको छैन । हामीले यो वर्ष गाउँपालिकालाई खानेपानीको सुविधा सम्पन्न बनाउने योजना थियो तर त्यसमा असर पुर्याएको छ । गाउँपालिकाको ४ र ५ नम्बर वडाहरु तिर्खा मुक्त वडा बनाउने छौं । गत वर्ष हुन नसकेका कार्यक्रमहरुलाई पनि निरन्तरता दिने छौं ।

१२, यो भनेको एउटा अवसर पनि हो । प्रतिस्पर्धाको हिसावले अन्य गाउँपालिका सँग कत्तिको प्रतिस्पर्धा गर्न मन लाग्ने रहेछ ?

वास्तवमा उहाँहरु सँग प्रतिस्पर्धा गर्ने हिसाबले त गरिरहेको छैन । उहाँहरु पनि आफ्नो ढङगले लागिरहनु भएको छ । काम गर्ने कुरामा उहाँहरु सँग प्रतिस्पर्धा गर्ने हिसावले गईरहेको अवस्था त होईन । आफ्नो गाउँपालिकालाई सबै भन्दा उत्कृष्ट बनाउने उद्धेश्य त हुन्छ नै । म कतिपय गाउँपालिकामा पुग्दा त्यहाँको अवस्था र मेरो गाउँपालिकाको अवस्था हेर्दा धेरै फरक पाउछु ।

१३,अहिले सम्म गाउँपालिकाले यो यो फरक गर्यो भन्नुपर्दा के–के फरक काम गरेको छ ?

हाम्रो गाउँपालिकाले केहि कुराहरु फरक गरेको छ । केहि कुराहरु फरक भनेको गत वर्ष युवाहरुलाई श्रममा आधारित रोजगार कार्यक्रम भनेर २० लाख रुपँैया राखेका थियौं । खानेपानीको हिसावमा सबै पालिकाले गर्नु भएको छ । बजेट कार्यन्वयन भईदिएको भए लगभग लगभग खानेपानी पुगिसक्थ्यो । यो वर्ष खानेपानीको काम गरिरहदा कोरोनाको कारणले गर्दा दाँतमा ढुङगा लागेको जस्तो भएको छ । तही पनि कोरोनाले केहि सहज भयो भने विभिन्न संघ संस्थाहरु सँग समन्वय गरेर अगाडी बढ्ने छौं ।

१४, अब आगामी आर्थिक वर्षमा देखिने कार्यक्रमहरु के छन् ?

हाम्रो फोकस भनेको कृषि हो । तर साथीहरुले गौरवको बाटो बनाउने गौरवको काम भन्नु भएको छ । मैले यदि कुनै वडाले बाटो बनाउने योजना ल्याउनु भयो भने त्यो कार्यन्वयन नहुने भनेको छु । यदि जनताको जिवन स्तर उकास्ने खालको काम हो भने कार्यन्वयन हुन्छ । हामीले बाटो जति सुकै राम्रो बनाए पनि वर्खा समयमा परेको पानीले बनाएको पनि नबनाएको सरह हुन्छ । अब पछि आउने पुस्ताहरुले पनि विकास भएको देख्न सकुन । समृद्ध नेपाल सुखि नेपाली बन्नलाई बाटो निर्माण भएर मात्रै हुदैन जनताको जिवन स्तर उकास्न सकियो भने मात्रै समृद्ध नेपाल सुखि नेपाली बन्छ ।हामीले त्यो हैसियत बन्नको लागि कृषि उत्पादनमा जोड दिईरहेका छौं । हामीले प्रविधिमैत्री शिक्षाहरु दिने योजनामा छौं । सँगै विद्यालयमा पनि स्मार्ट टि।भी। राख्ने छौं । होला हामीले सत प्रतिशत उपलब्धी गर्न नसकुला तर केहि न केहि उपलब्धी त गर्न सक्छौं नि । हामीले कोरोनाको केन्द्र बाट आउने पैसा छुट्टै छ । गाउँपालिकाले पनि कोरोना कोष राखेका छौं । स्वास्थ्यको लागि गाउँपालिकाले पहिला भन्दा धेरै बजेट राखेको छ ।

१५, अन्त्यमा के भन्न चाहानुहुन्छ ?

के भन्न चाहान्छु भने कोरोना भाईरस नौलो छैन कसैको लागि । हामी मानसिक रुपमा आत्तिनुपर्ने छैन । यो भाईरस सँग जोगिन सक्यौं भने कुनै आत्तिनुपर्ने अवस्था छैन । हामी सुरक्षित भएर वस्न सक्यौ भने हामी सुरक्षित हुन्छौं । विदेश बाट आउनेहरुले आफु र परिवारलाई बचाउन क्वारेन्टाईनमा बस्न म अनुरोध पनि गर्छु ।सबै नागरिकहरुलाई उच्च सतरर्कता अपनाएर बस्नुहोला । समुदायमा एक किसिमको हाउगुजी फैलिरहेको छ कोरोनाई भाईरस विरुद्ध । विदेश बाट आएका व्यक्तिहरुलाई समुदायले तुच्छ व्यवहार गरिरहेको देखिन्छ तर त्यस्तो गर्नु ठिक होईन । तर आफु सुरक्षित भएर बस्नुपर्ने अवस्था छ । अन्त्यमा मलाई गाउँपालिकाको बारेमा केहि कुराहरु राख्ने अवसर दिनुभयो यस मिडियालाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।

सम्बन्धित समाचार