‘पत्रकारको लकडाउन डायरी’परिवारसँगै बस्ने र घरको काम सिक्ने अवसर पाएँ !

शुसिला विश्वकर्मा 
धादिङ,२८ असार ।

सुनसान बजार ।त्यसै माथि कोरोना भाईरसको त्रास नै त्रास । निकै चहलपहल हुने बजार आज मौन छ ।नत केही आवाज नै निकाल्छ । न त फर्केर हेर्छ नै ।छ त केबल शान्त छ ।दिन कै ठेलमठेल भएर हिड्नुपर्ने बजारमा खै कता पुगे ती साना ठुला गाडीहरु ।कतै कतै सडकको पेटीमा पल्टिएका कुकुरहरु ।हेर्दा अनुहार निन्याउरो ।केहि खानै नपाएको देखिने । लखतरान परेका ।मानिसहरु बाहिर हिड्दा बरु केहि भने पनि खान पाउथे । मानिस नभएका होईनन् ।छन त छन् तर आफ्नै घर भित्र छन् । कसले खान दिएलान् र डुलेर हिड्थे ।लम्पसार परेर नै बस्या छन् । 

कतै कतै गाईया गुईया मानिस बोलेको आवाज सुनिन्थ्यो धादिङबेशीको बजारमा ।चैत ११ गते देखि नेपाल सरकारले लकडाउन गर्यो ।त्यसपछि मेरो अफिस बाट पनि बिदा मिलाएँ ।लकडाउनको समयमा ती सबै कुरालाई नियाल्दै म आफ्नै घर जान निस्किए ।बजार हेर्दा सुनसान देखिन्थ्यो ।हिड्दा मेरो जुत्ताले मानौं बजार नै थर्कियो जस्तो फिल भयो । मुखमा माक्स लाएर लिस्किएको थिए ।मनमा कता कता डर र उकुश मुकुस्ता छाईरहेको थियो । 

दाई लिन आउनु भएको थियो सवारी साधान नचलेकोले ।दाईलाई भेट्दा पनि मनमा कोरोनाको त्रास ओहोर दोहोर गरिरहेको थियो ।तर विश्वास पनि थियो म सुरक्षित छु भन्ने ।जब बजार बाट म गाउँ तिर लागे त्यसपछि खुशि त एकातिर छदैछ नौलोपन पनि छाउदै गयो ।किनकि गाउँतिर सबै परिवर्तन भईसकेको रहेछ ।वर्खाको समयमा हिलो भएर दुर्घटना हुने र हिउँदमा धिलो भएर हिड्न नसक्ने सडकमा मज्जाले गाडी चल्ने भईसकेको रहेछ ।कतै रातो, कतै पहेलो, कतै हरियो विभिन्न थरीका रङ ।मानौं, मुसलधारे पानी परेपछि खुलेको चम्किलो आकाश जस्तो देखिने । हेर्दा त्यही विद्यालयको चउरमा साथीहरु र शिक्षक सँग खेलेको याद नै आयो । 

मध्यान्नको चर्को घाम ।दाईले बाईकको याक्सिलेटर बटार्दै मध्यान्ह १२ बजे पुग्यौं घरमा ।घर पुग्दा घरमा सा–साना भाईहरु टिभीमा कार्टुन हेर्दै रहेछन् ।ममि करेसा बारीमा काम गर्दै हुनुहुदो रहेछ ।पुग्ना साथ ममी.. ममी भन्दै बोलाए ।टिभी हेरेका भाईहरु दिदि आउनु भयो भन्दै बाहिर निस्किए । ममि पनि आईपुग्नु भयो ।म सिधै ममिको नजिक जान सकिन ।एक छिन अकमकाए ।हुदैन नजिक जान कतै म मा पनि कोरोना भाईरसको संक्रमण रहेछ भने ।जस्तो महशुस भयो । 

झोलामा भएको स्यानीटाईजर निकालेर उनीहरुलाई लगाउन दिए।त्यसपछि मात्रै उहाँहरु नजिक गए ।खुब न्यास्रो लागिराको थियो ।दाई भाउजु सबैलाई कहिले भेट्ने होला भन्ने हतार भैसक्या थियो ।केहि समय ममिलाई घरको काममा सहयोग गरेँ। पारी डाँडामा घाम डुदै थियो ।त्यतै बाट दाई, भाउजु, दिदी र बाबा पनि काम गरेर आउनु भयो ।अझै रमाईलो लाग्यो सबै जम्मा भएपछि । 

आउदा झोला गह्रौ भएर होला थकाई लागेको थियो ।प्राय गाउँ घर तिर सबै सबेरै उठेर काम गर्ने गर्नुहुन्छ ।म पनि सकि नसकि बिहान उदाउदै गरेको घाँम सँगैं कोठा बाट बाहिर निस्किए ।यसो उदाउदै गरेको घामलाई हेरे ।मुसुक्क मुस्कुराउदैं माथि लाग्दै थियो ।त्यो घाँमको मुस्कानलाई मोबाईलमा क्याप्चर गर्न मन लाग्थ्यो।खिचिक्क पारेर त्यो लोभ लाग्दो घाँमको मुस्कान क्याप्चर गरे ।बाँस बसेर आहारा खोज्दै हिडेका चराहरुको सुरिलो भाका ।आहा…. सुन्दा मन्दमुक्त बनाउने ।मुलको पानी ढुङगा र माटोमा पछारीदै आएको ती छङछङ आवाज । 

यी सबै हेरे पछि मोबाईल खोलेर समाचार हेरे ।कतै केहि भैहाल्यो कि भनेर ।त्यो बिहानको उदाउँदो घाँम सँगैं मेरो दैनिकी पनि सुरु हुदैं गयो। बजारमा हुदा हातमा क्यामेरा, कलम, डायरी र गलामा आईटेन्टी कार्ड हुन्थ्यो । गाउँमा गएपछि मेरो हातमा कुटो, कोदालो, करौंती, हसिया र नाम्लो भयो ।घरको कुना काप्चामा थन्किएका ती कुटो, कोदालो, करौंती र हसियाले पनि साथी पाए ।दैनिक रुपमा मेरो थाप्लोमा नाम्लो र पिठ्युमा भारीले साथ छोड्न थालेन। 

बिहान उदाउदै गरेको घाँमले मेरो काम सुरु गथ्र्यो भने र साँझ अस्ताउदै गरेको घाँमले मेरो काम पुरा भयो भन्ने लाग्थ्यो ।सधैं काम गर्न जाने उकालो र ओरालो बाटो ।निधारबाट तप तप पसिना चुहिदै बाटोमा प्यात्त पछारिन्थे ।भईमा खस्नुको त के कुरा निधारबाट चुहिदै मुखमा खुसुक्क अमिलो छर्न पस्थ्यो ।गह्रौ भारीले थिचिएको थाप्लो ।पसिनाले लुछरुप्पै भिजेका ती कपडा ।नाक नै खुम्च्याउन पर्ने गरि अमिलो पसिना गनाए ती कपडा  ।कहिले घर पुगौला र फेरौंला हुने । 

उकालोमा प्रत्येक पाईला पाईला चाल्दा मुखबाट निक्लिने त्यो वीस्… वीस् थकित आवाज ।बल्ल बल्ल पानी खाने धारा आईपुगे । काठको धारा । चिसो पानी कलकल बगेको ।भारी बिसाएर जिउमा पानी हाले ।पसिनाले भिजेको शरीरमा पानी राख्दा सारा थकाई बिर्साईदिने ।टयाप्प भएको गला मार्नौं स्प्राईट क्लियर छ भने झै क्लियर बनाउने । बल्ल सास आयो जस्तो लाग्थ्यो । 

सायद कुनै दिन पनि घरमा बसिन होला ।हिले मकै छर्न, कहिले मकैं गोड्न, कहिले दाउँरा बोक्न त कहिले बीउ राख्न । जवनमा पहिलो पटक मैले यति धेरै काम गर्ने अवसर पाए ।जुन लकडाउनले मेरो लागि जुरायो । कतिपय काम मलाई गर्न मेसो थिएन त्यो पनि सिक्ने अवसर पाए ।मेरो परिवार र समाजलाई बुझ्ने अवसर पाए ।उहाँहरुलाई समय दिने अवसर पनि पाए ।ममिले भन्नु हुन्थ्यो “नानी तिमी छोरी मान्छे अरुको घरमा जानै पर्छ ।फेरि पछि बिहे गरेपछि नराम्रो बचन सुन्नुपर्छ है ख्याल गर।” अझै पनि त्यो शब्द झलझली याद आउछ ।त्यसैले पनि होला ममिको त्यो कुरालाई ख्याल राख्दै सबै काम सिके ।लकडाउन भरि मैले केहि केहि नयाँ कामहरु गरि नै रहे ।  

अर्को कुरा त म घर गएको एक दुई दिन भएको थियो ।धाँरामा चिसो पानी लिन गए ।धारामा पुग्दा सा–साना नानी बाबुहरु भाँडा बोकेर पालो कुरिरहेका रहेछन् ।हेर्दा कतिको खुट्टामा नत चप्पल नै थियो न त मुखमा माक्स नै ।माटै माटोले धमिलो भएको त्यो शरीरको वस्त्र ।लगभग उनीहरु धेरै भए ६ वर्ष सम्मका थिए ।मैले उनीहरुलाई सोधे के गर्न आएको तिमीहरु ?मलिनो स्वरमा भने पानी लिन आको । फेरि कुरा गर्न मन लाग्यो मलाई फेरि सोधे अनि घरमा कोही हुनुहुन्न भन्दा एकै स्वरमा भने कि आमा बा काम गर्न गाछन् हामी पानी लिन आको । 

हेरिरहे उनीहरु हिलो खेल्दै भनिरहेका थिए कि कोरोना कोरोनो । मैले साधे अनि यो कोरोना भनेको के हो थाहा छ तिमीहरुलाई ? उनीहरुले जवाफ दिए थाहा छैन हुनत यो लाग्यो भनि मर्छ रे मान्छे भने । उनीहरुले रोगको नाम त थाहा पाए तर सुरक्षित कसरी हुने भन्ने थाहा दिएन । न त सुरक्षित हुनलाई माक्स थियो न त स्यानीटाईजर न त सावुन पानी नै । गाउँका बालबालिकामा केहि थाहा नै थिएन । बाहिर निस्किन हुन्न भन्ने । नत अविभावकले नै सिकाएका थिए ।

त्यसबाट पनि मैले शहर र गाउँका बालबालिकामा धेरै फरक महशुस गरे ।लकडाउन म अनि मेरो जस्तो पत्रकारिता पेशा गर्नेको लागि एक महत्वपुर्ण अवसर बन्यो । लकडाउन खै कस्तो शब्द । जुन कतिपयको लागि बन्धक बनेर आयो भने मेरो लागि ख्ुल्ला आकाश जस्तो । अन्त्यमा म सबैलाई के भन्छु भने यत्ति सम्म पनि व्यस्त नबन्नुस् कि आफुले आफैलाई र आफ्नालाई गुमाएको पत्तै नहोस् । त्यसैले आफ्नो र आफ्नाका लागि एकछिन भने पनि समय निकालौं । 

सम्बन्धित समाचार