केदार आचार्यको पहलमा क्यान्सर पिडित गणेश पुरीलाई ३,१४,५८५ सहयोग

चितवन राप्ती नगरपालिका वडा नं- ४ का क्यान्सर पिडित गणेश पुरीको उपचारको लागि सामाजिक अभियान्ता केदार आचार्यले पैसाको अभावले हाम्रो ठाउँमा कोही पनि ब्यक्तिको ज्यान गुम्न नपोरस भन्ने उदेश्यले देश विदेशमा रहनुहुने स्थानीय समाजसेवी हरुसंग समन्वय गरी आर्थिक संकल जुटाएका छन,स्थानीय युवाहरु लगायत थुप्रै ब्यक्तिहरु बाट सहयोग भइरहेको र निकै सकृयताको साथ उपचारको लागि युवाहरु लागि रहेका छन । हाल सम्म गणेश पुरीकको उपचारको लागि मेरो माध्यम बाट दिइएको सहयोग ३,१४,५८५ ( तिन लाख चौध हजार पाँच सय पचासी ) बिरामी पुरीको हातमा हस्तान्तरण गरि सकेको र अरु अझै केही साथीहरूले बेलायतमा संकलन गरि रहेका छन । हाल गणेश पुरीलाइ उपचारको लागि विपी मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको युवा समाजसेवी तथा सामाजिक अभियान्ता केदार अाचार्यले जानकारी गराउनु भएको छ ।

सम्बन्धित समाचार