बाँस्कोटालाई फसाउने मिश्रका मुद्दैमुद्दा, जापान पठाउँछु भन्दै लुट

झण्डै २० वर्ष अघि लमजुंग सुन्दरबजारका विजयप्रकास मिश्र जापान जान भन्दै गाउँकै एक आफन्तबाट डेढ लाख रुपैया लिए । सुरुमा चीन, पछि अमेरिका जाने कोशिश् गरेका थिए । असफल भएपछि ती आफन्तको पैसा लिएर जापान पुग्न भने सफल भए ।

त्यतिबेला लिएको पैसा ती आफन्तले कहिले फिर्ता पाएनन् । केही वर्ष उतै बसेका मिश्र पछि भने नेपाल ओहोरदोहोर गरी जापानमा अवैधानिक रुपमा मान्छे पठाउने काममा लागे ।

कुरा २०७३ सालतिरको हो । मिश्रले यही धन्दाका लागि पद्मा श्री इन्टरनेशनले नामक अफिस खोले र त्यही मार्फत युवायुवतीसँग लाखौं रुपैयाँ असुली जापान पठाउन थाले । जो चिनजानका हुन् तिनै मिश्रको सिकारमा पर्ने क्रमले निरन्तरता पाउन थाल्यो । गाउँबाटै उनले यो धन्दा सुरु गरे ।

साविक सुन्दरबजार गाविस (हाल नगरपालिका)का एक दर्जन युवाबाट पैसा उठाउने क्रम सुरु भयो । सुन्दरबजारकै अगुवा ब्यापारी कृष्णलाल श्रेष्ठका दुई छोरालाई जापान पठाउँछु भनी उनले उतिबेला २ लाखका दरले पैसा बुझे । तर, उनीहरुको भिषा लाग्न सकेन । उनीहरुले पैसा पनि फिर्ता पाउन सकेनन् ।

‘कृष्णलालका परिवारले धेरै ताकेता गरे । तर, पैसा फिर्ता पाउन सकेनन्, सुन्दरबजारका एक स्थानीयले भने, ‘पछि लुकेर गाउँ आएका बेला उनका परिवारै मिलेर मिश्रलाई चुट्नु सम्मै चुटेका थिए । त्यसपछि मिश्रको गाउँ आउने जाने क्रम नै पातलियो ।’

मिश्र तिनै व्यक्ति हुन् जो तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा जोडिएको टेप प्रकरणमा स्वीस कम्पनीको एजेण्ट बनी रकम मोलमोलाई गरेका थिए । उनी अहिले भने जापानको योकोहामा शहरमा छन् ।

मिश्रले सुन्दरबजारका मात्र एक दर्जन युवा, युवतीलाई जापान पठाउने नाममा दुख दिएको स्थानीयवासिन्दा सुनाउँछन् । पीडितले काठमाडौंमा आई आफू ठगिएको उजुरी दिए, कतिपयमा ताकेता भयो । कतिपय उजुरी भने त्यसै थन्कियो ।

सुन्दरबजार मात्र होइन, जिल्लाका अरु गाविसवासी समेत मिश्रबाट ठगिएका थिए । साविक चिति गाविसका २ जना युवाले दायर गरेको मुद्दा अहिले पनि वैदेशिक रोजगार विभागमा विचाराधिन छ ।

चितिका चित्र बहादुर विष्ट र कैलाशबाबु सिलवालले दिएको उजुरीमा मिश्रले ३ लाख ५० हजार रुपैया सुरुमै लिई जापान पठाइदिन्छु भनी ठगी गरेको उल्लेख छ । सुन्दरबजारकै अर्का एक युवाका मुद्दामा पनि विभागमा छ ।

मिश्रको गाउँ तार्कुटार हाल सुन्दरबजार नगरपालिका वडा नम्बर ७ मा पर्छ । उक्त वडाका वडाध्यक्ष जयराम रेग्मी जापान पठाउने नाममा गाउँमा धेरै समस्या भएको उत्तिबेलै देखि सुनेको बताउँछन् ।

‘गुनासा त धेरै छन् । गाउँका धेरै दाजुभाईले दुख पाए भन्ने सुनेको हो । तर, ती अलि पहिलेका कुरा हुन्, रेग्मीले खुलानेपाल प्रतिनिधिलाई भने, ‘तर, आजकाल मिश्रको गाउँमा आउजाउ छैन । केही थाहा पनि छैन ।’

विष्ट र सिलवालले दिएको मुद्दामा भने सरकारी वकिलमार्फत प्रहरीले उनलाई खोजीरहेको छ । विभागले दायर गरेको मुद्दा पछि मिश्र नै वेपत्ता भएपछि अड्किएको थियो ।

‘यी लगायतका मुद्दा हामी अध्ययन गरिरहेका छौँ । मिश्रको एउटै ठेगाना पनि सही नपाइएकोले प्रक्रिया अघि बढेको छैन, एक जना सरकारी वकिलले बताए ।

विभागले लेखेको पत्रमा मिश्रले आफूसँग जापानको स्थायी भिसा (पीआर) भएको भन्दै वर्किंग भिषामा जापान पठाइदिने भन्दै पैसा असुल्ने गरेको उल्लेख छ ।

विभागले लेखेको पत्रको एक अंश यस्तो छ-

सम्बन्धित समाचार