नेकपा सचिवालय बैठक फेरि स्थगित

आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक स्थगित भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जना र बालुवाटारमा खटिएका अन्य सुरक्षाकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले भेटघाट बन्द गर्नुभएको छ । प्रधानमन्त्री ओली बैठकमा उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित भएको हो ।

शनिबार पनि बैठक बस्दै नबसी स्थगित भएको थियो । अर्को बैठक कहिले बस्ने भन्नेबारेमा यकिन भइसकेको छैन ।

सम्बन्धित समाचार