ओली-प्रचण्डबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भैरहेको छ । उनीहरूबीच पार्टी एकताको बाँकी रहेका काम टुङ्ग्याउने विषयमा छलफल चलेको स्रोतले जानकारी दिएको छ ।

छलफल दिउँसो साढे २ बजेदेखि सुरु भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए ।

आज नेकपाले सचिवालय बैठक पनि तय गरेको थियो । तर, कोरोनाको जोखिम बढेर र प्रधानमन्त्री ओलीको सचिवालयका चारजना र केही सुरक्षाकर्मीमा समेत संक्रमण देखिएपछि आजको बैठक स्थगित गरिएको छ ।

सम्बन्धित समाचार