नेकपाको सचिवालय बैठक भोलि बस्ने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोली बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भोली बैठक डाक्ने सहमति भएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक भोलि मंगलबार दिउँसो चार बजे बोलाइएको एक नेताले जनकारी दिएका छन् ।

नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, शनिबार दिउँसो प्रधानमन्त्रीका सचिवालय सदस्यहरु सहित सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा संक्रमण पुष्टि भएपछि आइतबारको सचिवालय बैठक पनि स्थगित भएको थियो ।

सम्बन्धित समाचार